कोरोना अपडेट : भारतमा २ लाख नजिक संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७७ हजार ४३७ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ६६ हजार १९७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २९ लाख ३ हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ३७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९५ हजार ७५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सोमवार मात्रै भारतमा ७ हजार ७६१ जना संक्रमित थपिएका छन् भने २०० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?