कोरोना अपडेट : मेक्सिकोमा मृतकको संख्या १० हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७७ हजार ४०४ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ६५ हजार ४७३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २९ लाख ३ हजार ४१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच मेसिकोमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप झनै बढ्दै गईरहेको छ । त्यहाँ अहिलेसम्म १० हजार १६७ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ४३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ २ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् भने २३७ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ६७ हजार ४९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा सोमवार मात्रै ३ हजार १५२ जना संक्रमित थपिएका छन् भने १५१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?