निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्दै

काठमाडौं, ४ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि शुक्रबार देउवाले प्रधानमन्त्रीको सरकारी निवास छाड्ने तयारी गरेका हुन् दिउँसो एक बजेपछि निवास छाडेर बुढानिलकन्ठस्थित निवासमा सर्ने बताइएको छ । देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकिएको छ गत वर्ष जेठ २३ गते देशको चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनी असार ५ गते बालुवाटार सरेका थिए । बालुवाटार सरेको ठीक ७ महिनापछि बालुवाटार छाड्न लागेका हुन् देशको ४० औं प्रधानमन्त्री बनेका देउवाले तीन चरणका महत्वपूर्ण निर्वाचन सम्पन्न गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?