एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई प्रतिस्पर्धाबिनै फ्रिक्वेन्सी दिने तयारी गरेको छ ।
प्राधिकरण बोर्ड बैठकले सोमबार एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दिने तयारी गरेको हो ।
बैठकले नेगोसिएसन गरी एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा बोर्डमा सहमति भएपनि माइन्युटमा हस्ताक्षर भइनसकेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए । कान्तिपुर दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?