यस्तो छ रुस, स्पेन, बेलायत र इटालीमा महामारीको पछिल्लो अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७७ हजार ४०४ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ६५ हजार ४७३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २९ लाख ३ हजार ४१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच रुसमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार ८५५ जनाको मृत्यु भएको छ भने ४ लाख १४ हजार ८७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख ७५ हजार ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सोमवार मात्रै रुसमा ९ हजार ३५ जना संक्रमित थपिएका छन् भने १६२ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ७१८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । स्पेनमा सोमवार २०९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३९ हजार ४५ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार ३३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । सोमवार मात्रै त्यहाँ १ हजार ५७० जना संक्रमित थपिएका छन् भने १११ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म महामारीका कारण ३३ हजार ४७५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार १९७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५८ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

इटालीमा सोमवार २०० जना संक्रमित थपिएका छन् भने ६० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?