२०७७, २० जेष्ठ मंगलवार ०७:५५

विद्यालय कहिले खुल्ने भन्नेमा अनिश्चित


प्रकाशित मिति : २०७७, २० जेष्ठ मंगलवार ०७:५५

शिक्षा मन्त्रालयले आगामी असार १ गतेबाट खुला र दूरशिक्षा माध्यमबाट पठनपाठन गराउने बाटो खोलेको छ । विद्यालय खुल्ने अनिश्चित भएपछि मन्त्रालयले अनलाइन, रेडियो, टिभी, प्रिन्ट लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रवन्धगरेकोहो ।
यसअघि वैकल्पिक विधिबाट पनि कक्षा सञ्चालन गर्न रोक लगाएको मन्त्रालयले असार १ गतेबाट वैकल्पिक विधिहरुबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न निर्देशिका स्वीकृत गरेको हो । कान्तिपुर दैनिकका अनुसार कोभिड १९ उच्चस्तरीय समिति र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै स्कुलहरु खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस