लकडाउनको ढाँचा फेर्ने तयारी

लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए । लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ ।
यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ ।

यसले लकडाउन कोभि–१९ संक्रमण रोकथामको एकमात्र उपाय होइन भन्ने प्रष्ट्याएको छ ।
यो कुरा विज्ञहरुले अपनाउँदै आएपनि सरकारले लकडाउनलाई अपनाउँदै आएको छ । सबैतिरबाट दवाव पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी थालेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अब विशेषज्ञहरुको राय लिएर मोडालिटी बन्ने र त्यसकोआधारमा सरकार अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?