कोरोना अपडेट : के छ अमेरिकामा महामारीको ताजा स्थिती ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७७ हजार ४०४ जनाको मृत्यु भईसकेको छ भने २९ लाख ३ हजार ४१८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै विश्वमा अहिलेसम्म ६३ लाख ६५ हजार ४७३ जनालाई संक्रमण भएको छ भने ५३ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ६ हजार ९२५ जनाको मृत्यु भईसकेको छ भने १८ लाख ५९ हजार ३२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख १५ हजार ४१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ९४९ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा सोमवार २२ हजार १५३ जना नयाँ संक्रमित थपिएका छन् भन् भने ७३० जनाको मृत्यु भएको छ ।

त्यस्तै न्युयोर्कमा अहिलेसम्म २९ हजार ९८८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८० हजार ८२५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म् ११ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६२ हजार ६४२ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?