भारतमा एकैदिन थपिए ७ हजार बढी कोरोना संक्रमित

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ९७ हजार ८ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र १ सय ९५ जनाको कोरोनाको कारण ज्यान गएको र ७ हजार १ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ९५ हजार ४ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७५ हजार ६ सय ५७ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ६३ लाख २१ हजार ८ सय २१ जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २८ लाख ८१ हजार २ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ४ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?