कोरोना अपडेट: कति पुगे विश्वभर मृतक र संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ७५ हजार ६ सय ५७ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ६३ लाख २१ हजार ८ सय २१ जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २८ लाख ८१ हजार २ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ४ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ३ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार बढीमा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १८ लाख ४३ हजार ४ सय ४१ पुगेको छ । त्यस्तै हालसम्म ६ लाख १ हजार १ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा रहेको छ । भने संक्रमितमध्ये १७ हजार ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ४० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण २९ हजार ३ सय ४१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५ लाख १४ हजार ९ सय ९२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र १ सय ४३ जना कोरोना संक्रमित थपिएको र २७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म २ लाख ६ हजार ५ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्यपे ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ६२ जनाको ज्यान गएको र ९ हजार बढीमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म रसियामा कोरोनाको कारण ४ हजार ८ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ४ लाख १४ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म १ लाख ७५ हजार ८ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

स्पेनमा बितेको २४ घण्टामा कोराना संक्रमणको असर देखिएको छैन् । हालसम्म स्पेनमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७ हजार १ सय २७ पुगेको छ भने २ लाख ८६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३८ हजार ४ सय ८९ पुगेको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय ६२ पुगेको छ । भने संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै बितेको २४ घण्टामा भने त्यहाँ कोरोना संक्रमणको असर देखिएको छैन् ।

इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ७५ पुगेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ६० जनाले ज्यान गुमाएका र २ सय बढीमा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म इटालीमा कोरोना उपचारपछि १ लाख ५८ हजार ३ सय ५५ जना घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ३३ हजार १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये ४ सय २४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ३ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ९७ हजार ८ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र १ सय ९५ जनाको कोरोनाको कारण ज्यान गएको र ७ हजार १ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ९५ हजार ४ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै फ्रान्समा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ८ सय २ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका १ लाख ८८ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ६८ हजार ३ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय १९ जनाको अवस्था गम्भीर रहेको छ ।

जर्मनीमा हालसम्म कोरोनाको कारण ८ हजार ६ सय १० जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८३ हजार ६ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ७ सय २ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै १ लाख ६५ हजार ९ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?