साउदी अरबमा बढेको बढ्यै कोरोना संक्रमित, यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ५ सय २५ जना मानिसको ज्यान गइसकेको छ । भने ८७ हजार १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २२ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ८ सय ८१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ६४ हजार ३ सय ६ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ३ सय ८४ जनाको अवस्था गम्भिर रहेको छ ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख ७४ हजार ९ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ । भने ६३ लाख १७ हजार ४ सय १२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या २८ लाख ७६ हजार ६ सय ९७ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?