काठमाडौं । राजधानीको कमलादीबाट जुवा खेलिरहेको अवस्थामा खालबाट प्रतिष्ठित व्यवसायीहरू पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत दरबारमार्गको प्रहरी टोलीले जुवा खालबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अशोककुमार अग्रवाल, रामचन्द्र संघाई, पुरुषोत्तमकुमार अग्रवाल, गोविन्दराम सरिया लगायत ९ जना रहेको बुझिएको छ ।
कमलपोखरीस्थित गंगुर मिठाइ पसलमा जुवा खेलिरहेको अवस्थामा केहीलाई पक्राउ गरेको महानरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले लोकपथलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया