ओलीलाई कमल थापाको सुझाव–‘दोर्होयाएर शपथ लिनुहोस्’

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोहोर्याएर शपथ लिन सुझाव दिएका छन् प्रधानमन्त्री ओलीले विहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने क्रममा ‘देश’ शब्द उच्चारण नगरेको भन्दै पुनः शपथ लिन सल्लाह दिएका हुन् निवर्तमान उपप्रधानमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहराएर शपथ लिएका थिए । प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?