प्रधानमन्त्री ओली र इजरायली समकक्षी नेतान्याहुबीच फोनवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इजरायली समकक्षी बेन्जामिन नेतान्याहुबीच आज फोनवार्ता भएको छ ।

नेपाल र इजरायलको दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठको अवसरमा फोनवार्ता भएको हो ।

सो अवसरमा दुवै देशका प्रधानमन्त्रीहरुबीच शुभकामना आदान प्रदान भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?