प्रदेश सरकार प्रेस स्वतन्त्रता तथा पत्रकारको हकहितप्रति प्रतिबद्ध : मन्त्री जमकट्टेल

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकार प्रेस स्वतन्त्रता तथा पत्रकारको हक हितप्रति सधैँ प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री जमकट्टेलले आफू प्रेस स्वातन्त्रता, पत्रकार तथा सञ्चार मजदूरहरुको पेशागत सुरक्षाका लागि लडेर आएको उल्लेख गरे ।

उनले कोरोना भाइरसविरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीले समेत महत्वपूर्ण भूमिका खेलेको बताए । उनले कोरोनाको महामारीमा अग्रभागमा रहेर सूचना तथा समाचार सम्प्रेषण गर्ने पत्रकारहरुको सरकारले बीमा गर्ने जानकारी दिए ।

मन्त्री जमकट्टेलले अग्रभागमा रहेर काम गरिरहेका एक हजार पत्रकारको रु एक लाख बराबरको कोरोना बीमा गर्ने तयारी भएको उल्लेख गरे ।  पत्रकारलाई बीमा गरेको एक वर्षभित्र कोरोना सङ्क्रमण देखिएमा रु एक लाख बीमा रकम उपलब्ध गराइने गरी बीमा गर्न लागिएको उनले बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?