चट्याङ लागेर दुई जनाको मृत्यु, यसरी बचौँ चट्याङबाट

रुपन्देही – रुपन्देहीमा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका वडा नम्वर ५ की ५३ बर्षीय कमलावती यादव र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्वर २ केलटलिया बस्ने ५५ बर्षीय चयनमति यादवको मृत्यु भएको छ ।

उनीहरुमध्ये कमलावतिको आप रुपमा बसेको बेला चट्याङ लाग्दा घटनास्थालमै मृत्यु भएको हो । भने अर्को यादवको चट्याङ लागेर घरमा ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनीहरु दुवै जना बारीमा काम गर्न गएका थिए।

यसपालि औसत वर्षा हुने

दक्षिण एसीयाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्म अर्थात् चार महिनाको अवधिलाई दक्षिण एसीयाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।  ‘सास्कोप’ले यो जानकारी दिएको छ कि यसपालि औसत वर्षा हुनेछ ।

चट्याङबाट कसरी बच्ने ? अपनाउनुहोस् यस्तो उपाय 

अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् ।

चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ ।

स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा. श्रीराम शर्माका अनुसार वि.सं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण १ सय १० जनाले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उनले बताए ।

घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उनले बताए । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन ।

घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने उनले बताए । शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ ।

उनले घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने बताए । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमीनमुनिसम्म पु-याउन उनले सुझाव दिए ।

यो पनि पढ्नुहोस् 

नेपालमा अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने 

हरेक १२ वर्षमा चट्याङ पर्ने संसारकै अनौठो मन्दिर  

चट्याङबाट यसरी बचौँ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?