यी हुन् सर्वाधिक कोरोना संक्रमित भेटिएका ६ जिल्ला

काठमाडौं – विभिन्न ६ जिल्लामा कोरोनाभाइरसको संक्रमण भयावह बन्ने बाटोमा पुगेको छ । ती जिल्लामा कोरोना संक्रमणको दर १०० देखि ३०० माथिसम्म छ । जसमा कपिलवस्तु, रौतहट, बाँके झापा, सर्लाही र पर्सा रहेका छन् ।

हालसम्म सर्वाधिक संक्रमण कपिलवस्तुमा २३१ जनामा देखिएको छ ।

यसैगरी रौतहटमा २३६, बाँकेमा १९६, झापामा ११३, सर्लाहीमा ११० र पर्सामा १०७ जना रहेका छन् ।

यसबाहेकका ५३ जिल्लामा ७२८ जनामा संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा २२१ जना निको भएर घर फर्किएका छन् भने ८ जना मृत्यु भएको छ ।

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १,८११ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८११ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको श्रोतले नेपालमा पछिललो विवरण अनुसार थप १३ जनालाई संक्रमण भएको जानकारी बताएको छ ।

आज थपिएका संक्रमितहरु पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका रहेका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज मात्रै २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो विवरणका अनुसार १३ जना थपिएसँगै नेपालमा आज मात्रै २३९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो विवरण अनुसार अहिले थपिएका संक्रमितहरु पाल्पाको निस्दी गाउँपालिकाका वर्ष १७ र ३६ का दुई पुरुष, त्यस्तै नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षका एक बालक, त्यस्तै गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षका एक पुरुष, त्यस्तै कपिलवस्तु मायादेवी गाउँपालिकाका वर्ष १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका ७ जना पुरुष रहेका छन् ।

त्यस्तै रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

एकैदिन थपिएका २ सय २६ संक्रमितको यस्तो छ विवरण

सोमबार नेपालमा एकैदिन २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित २ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसअघि केहिबेरअघि मात्रै यी संक्रमित थपिएका हुन् ।

उनीहरुमध्ये १६६७ जना पुरुष र १३१ जना महिला छन् । हालसम्म ८ जनाको मृत्यु भएको छ ।

यस्तो छ आज थपिएकाहरुको विवरण : 

नेपालमा आज थप २ सय २६ जनामा कोरोना पोजेटिभ आएको छ । जसमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये झापा बाह्रदशीका ३२ र ४६ वर्षीया पुरुषहरु रहेका छन् ।

त्यस्तै पोखराको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपरासी पूर्व कावासोतीका २ जना २२ र ३६ वर्षीय पुरुष, नवलपरासी पूर्वकै बिना त्रिवेणीकै १४ वर्षीय बालकको कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ४३ जनाको कोरोना पोजेटिभ आएको छ । जसमध्ये दैलेख नारायण नगरपालिकाका ९ जना १७ देखि ३५ वर्ष उमेरका पुरुषहरु, दैलेख सिमडाका २४ र २९ वर्षीय पुरुषहरु, दैलेख देवाकाणाका ३ जना १८ देखि ३८ वर्षीय पुरुषहरु, दैलेख सोत र सादुका ३५ र २२ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै देलेख जुकेपानीका १ जना ६० वर्षीय पुरुष, दैलेख दुल्लुका ७ जना मध्ये २३ र ३० वर्षीय महिला र २ वर्षीय बालकसहित ३९ वर्ष समुहका पुरुषहरु रहेका छन् ।

परीक्षणका क्रममा जुम्ला हिमाका ८ जना २३ देखि ६३ वर्ष उमेर समुहका पुरुषहरु, जुम्ला सिंजाका १२ देखि ४५ वर्ष उमेरसमुहका पुरुषहरु, जुम्लामा कार्यरत २ व्यक्तिहरु २७ र ६४ वर्षीय पुरुषहरुमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रादेशिक अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणका क्रममा ३२ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये दैलेख नारायण नगरपालिकाका १६ जना १० वर्ष देखि ३६ वर्ष उमेर समुहका पुरुषहरु, दैलेख महावौगाका २५ वर्षीय पुरुष, सल्यान कुपिन्डे बनगाढका १० जना २० देखि ४० वर्ष उमेरका पुरुषहरु र सुर्खेत बराहतालका २० देखि २६ वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धुलिखेल अस्पताल काभ्रेमा गरिएको परीक्षणका क्रममा २० जनामा कोरोना पोजेटिभ आएको छ ।

जसमध्ये कपिलवस्तु बाडगंगाका २ जना ३१ र ३८ वर्षीया महिलाहरु, रौतहट परौवाका १४ जना १९ देखि ४५ वर्ष उमेरका पुरुषहरु, रौतहट यमुनामाई गाउँपालिकाका ४ जना रहेका छन् । जसमध्ये २० वर्षीया महिला र २२ देखि ३५ वर्ष उमेरका ३ जना पुरुषहरु रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु बाँके डुडुवाका १७ देखि ३५ वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा ९ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु दाङ तुलसीपुर उपमहानगरपालिकाका ५ जना १८ देखि ३२ वर्षीय पुरुषहरु, दाङ गडवालका २४ र ३६ वर्षीय पुरुष, लमहीका १ जना ४० वर्षीय पुरुष र राप्ती गाउँपालिकाका १ जना ३६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनाको कोरोना पोजेटिभ आएको छ ।

उनीहरुमध्ये धनुषा धनौजीका ४ जना १८ देखि ४८ वर्ष उमेरसमुहका पुरुषहरु, धनुषा हंसपुरका २ जना १९ र २० वर्षीय पुरुष, जनकपुर प्रादेशिक अस्पतालका १ जना २१ वर्षीय पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १२ जना उनीहरु १९ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

त्यस्तै कपिलवस्तु हरिहरपुरका ८ जना १९ देखि २८ वर्ष उमेर समुहका पुरुषहरु, कपिलवस्तु महाराजगंजका २ जना ३० र ३३ वर्षीय पुरुषहरु, कपिलवस्तुकै रंगिलाल माविको क्वारेन्टाइनमा रहेका ११ जना १७ देखि ३५ वर्ष उमेर समुहका पुरुषहरु, कपिलवस्तु चन्द्रौटाको राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ३ जना ४२ देखि ४८ पुरुषमा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुकै रघु सामुदायिक स्कुलको क्वारेन्टाइनमा रहेका २ जना २७ र ४६ वर्षीय पुरुषहरु, त्यसैगरी महोत्तरी लावरपट्टीको क्वारेन्टाइनमा रहेका २ जना १८ वर्षका पुरुषहरु, मकवानपुरका १ जना ६१ वर्षीय पुरुष, सर्लाही जनता माविको क्वारेन्टाइनमा रहेका ५ जना ९ वर्षीय बालिकादेखी २७ वर्ष उमेर समुहका महिलाहरु रहेका छन् ।

त्यस्तै सर्लाही जनता माविमा रहेका ३३ जना ११ वर्षदेखि ७५ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

त्यसैगरी सिरहाका ५ जना क्वारेन्टाइनमा रहेका १८ देखि ६० वर्षका रहेका छन् । त्यस्तै उदयपुरका १ जना जनकपुर प्रादेशीक अस्पतालमा रहेका ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सेती अस्पताल धनगढीमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना पोजेटिभ आएको छ । जसमध्ये अछामका १ वर्षका बालक, कैलालीका १४ जना २ देखि २८ वर्षका व्यक्तिहरु(बालक र अन्य २ जना गरी (३ जना महिला), बैतडीका १ जना ३४ वर्षीय पुरुष, डोटीका १ जना २५ वर्षीय पुरुष र कन्चनपुरका १ जना ११ महिने बालक रहेको मन्त्रालयले जनाएको छ ।

२ सय २१ जना  उपचारपछि निको भए

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडिटी विधिबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरी क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?