विश्वमा महामारीको पछिल्लो स्थिती : कुन देशमा कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ७४ हजार ६७५ जनाको मृत्यु भईसकेको छ भने ६३ लाख ९ हजार ५८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख ६९ हजार ७८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ६ हजार २७० जनाको मृत्यु भईसकेको छ भने १८ लाख ४१ हजार ३७५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ लाख ११७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार २०५ जना नयाँ संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख १४ हजार ९९२ जनालाई संक्रमण भएको छ भने २९ हजार ३४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्ले २४ घण्टामा मात्रै त्यहाँ २७ जनाको मृत्यु भईसकेको छ भने १४३ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा २ लाख ६ हजार ५५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८५५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १४ हजार ८७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७५ हजार ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ३५ जना संक्रमित थपिएका छन् भने १६२ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३८ हजार ४८९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७४ हजार ७६२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ९९७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५७ हजार ५०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ८०२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८८ हजार ८८२ जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार ३५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६०५ जनाको मृत्यु भएको छ भने १ लाख ८३ हजार ५६४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६५ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ४९५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९४ हजार ७०० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ४ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् भने ८७ जनाको मृत्यु भएको छ । भारतमा ९३ हजार ३४३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ५४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार ९४२ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख २७ हजार ९७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५०६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ४७६ जनालाई संक्रमण भएको छ । त्यहाँ ६७ हजार २०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ८७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ४४५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २१ हजार ४ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९७९ जना नयाँ संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा ७ हजार २९५ जनाको मृत्यु भईसकेको छ भने ९० हजार ९४७ जनालाई संक्रमण भएको छ । त्यहाँ ४८ हजार ८७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ९ हजार ९३० जनाको मृत्यु भईसकेको छ भने ९० हजार ६६४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १५१ जनाको मृत्यु भईसकेको छ भने आजै ३ हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा ६४ हजार ३२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ५४३ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार ४६० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६० जनाको मृत्यु भईसकेको छ भने २ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २६ हजार ८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ४८६ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ५१७ जनालाई संक्रमण भएको छ । त्यहाँ १५ हजार ९१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९६२ जनाको मृत्यु भएको छ भने ४६ हजार ५४५ जनालाई संक्रमण भएको छ । त्यहाँ १५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १०३ जना नयाँ संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा ९८० जनाको मृत्यु भएको छ भने ५० हजार ३३७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?