नेपालमा अब यामाहा फेस्सिनो १२५ एफआई

काठमाडौं । नेपालमा क्लासिक युरोपियन स्टाइलको फेस्सिनो १२५ सिसिको स्कुटर बिक्री शुभारम्भ भएको छ । एमएडब्लु इन्टरप्राइजेज प्रालि नेपालका लागि यामाहा टू ह्विलर्सको एकमात्र आधिकारिक वितरकद्वारा आफूहरू १२५ सीसी स्कुटरको समूहमा प्रवेश गरेको घोषणा गरेका छन् ।

यससँगै नयाँ स्कुटर उत्साहजनक नयाँ विशेषताहरू, प्रविधिहरूका साथ प्रस्तुत गरिएको र यो विभिन्न आकर्षक रङ्गहरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

सबै नयाँ फेस्सिनोले १२५ एफआई इन्जिनका साथ प्रभावकारिता सिर्जना गर्छ । जुन बिएस(भिआई कम्लियन्ट, फ्युल इन्जेक्टेड (एफआई) द्वारा सशक्त छ भने जसबाट पावर क्षमता ३० प्रतिशत बढी उत्पादन गर्छ र इन्धन खपत १६ प्रतिशत ज्यादा गर्ने कम्पनीको दावी रहेको छ । साथै यो ९९ केजी तौलको छ जसलाई सजिलै चलाउन सकिन्छ र योजस्तै समूहमा यो अत्यन्त हलुका रहेको जनाइएको छ ।

फेस्सिनो १२५ रोक्ने र चलाउने प्रणालीमा आधारित भएकोले यसले इन्जिन निष्कृय हुनबाट रोक्छ र पछि तुरुन्तै थ्रेटलको एकल मोडका साथ चल्छ, जसले हाँक्ने वातावरणको पहुँचमा पुग्न सेन्सरहरूको प्रयोग गर्दछ ।

नयाँ फेस्सिनो १२५ एफआईमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि जडान गरिएको छ। जसले बटनलाई एक पटक दबाब दिनेबित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरूमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट(अफ स्विच पनि यसमा रहेको छ ।

यो स्कुटरले एकीकृत ब्रेकिङ प्रणाली (युबिएस) र अग्र डिस्क ब्रेकका साथ लगातार ब्रेकिङ शक्तिको पनि प्रयोग गर्छ । फेस्सिनोको डिजाइन ती व्यक्तिहरूलाई लक्षित गरेर बनाइएको छ जो आफूले सवारी चलाउँदा उनीहरूको व्यक्तित्वको सही प्रतिनिधित्व त्यसमा देखियोस् र यसले उच्च माइलेज रेकर्डका साथ उत्कृष्ट पफमेन्स प्रदान गरोस् भन्ने चाहन्छन् ।

नवीन विशेषताहरू र प्रविधिहरूका साथसाथै फेस्सिनो १२५ एफआइ को बनावट क्लासिक युरोपियन स्टाइलमा टड्कारै देख्न सकिन्छ। जसमा यसले सम्पूर्ण नयाँ बाह्य डिजाइन, हेडलाइट, गेज र अरू विशेषताहरू प्राप्त गरेको छ। जसबाट सुन्दरताको अनुभूति जगाउँछ। फेस्सिनो १२५एफआइ ५ भिन्नभिन्न रङ्गहरूमा आएका छन् ।

‘फेस्सिनो अझै पनि यामाहा परिवारमा हामीले सुन्दै आएको एक ख्याति प्राप्त नाम हो । हामीले फेस्सिनोलाई एक शक्तिशाली इन्जिनका साथ सुसज्जितमात्र गरेका छैनौं साथमा प्रमुख स्टाइलहरूमा पनि परिमार्जन गरेका छौं । योसँगै नयाँ फेस्सिनो १२५ एफआइले यसका अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ र आजका पुस्ताका बढ्दो आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ,’ यामाहा नेपालका बजार प्रमुख विक्रम शर्मा पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?