महालक्ष्मी विकास बैंकद्वारा अनलाइन खाता सेवा सञ्चालन

काठमाडौं । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सृजित असहज परिस्थितिमा ग्राहकको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवाबाट बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सबै ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेका बैंकले जनाएको छ ।

बैंकको वेभसाइट www.mahalaxmibank.com.np मार्फत Mahalaxmi Online Saving देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिने छ ।

अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइने तथा खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

साथै बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई लकडाउनको नियम पालना गरी घर भित्रै बसेर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?