राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट, सेना परिचालनबारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

सोमबार भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?