नेपालमा २ सय २१ जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप १ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या २ सय २१ पुगेको हो । डढेलधुरा अस्पतालबाट डढेलधुराका २८ वर्षिय पुरुष १० दिन पछि डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

हालसम्म डिस्चार्ज भएका कुल २ सय २१ जना मध्ये १ सय ७३ जना पुरुष र ४८ जना महिला रहेका प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तो छ प्रादेशीक विवरण :

प्रदेश नं १ – ३० जना
प्रदेश नं २ – १०४ जना
वाग्मती प्रदेश – २९ जना
गण्डकी प्रदेश -३ जना
प्रदेश नं ५ –  ४८ जना
सुदुरपश्चिम प्रदेश – ७ जना

त्यस्तै, नेपालमा आज (सोमवार) एकैपटक २२६ जनालाई संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैदिन २२६ जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमितको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

त्यस्तै नेपालमा क्वारेन्टाइनमा रहनेको कुल संख्या १ लाख ३३ हजार ९७५ जना रहेका छन् ।

त्यस्तै नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा रहेर उपचार गराईरहेकाको संख्या १ हजार ५६९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?