महोत्तरीमा एक गर्भवतीको मृत्यु, शव परीक्षण गरिदै

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्न समस्याबाट आज एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रिता देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?