काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पुरा भएको छ ।
२०५८ साल जेठ १९ गते शुक्रबार पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको हत्या भएको थियो । नेपाली नागरिकले इतिहासकै कालो दिनको रुपमा लिदै आएको यो दिनमा सरकारी स्तरबाट कुनैकार्यक्रम नगरिएपनि विभिन्न संघ संस्थाले भने श्रदान्जली अर्पण गर्दै आएका छन् ।
यस वर्ष कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी भएपनि पूर्वराजाको सम्झनामा कुनै औपचारिक कार्यक्रम भएका छैनन् । तर योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउकै बिच ललितपुरको जावलाखेलमा रहेको पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । लकडाउनले सर्वसाधारणको उपस्थिति नभएपनि जावलाखेल आसपासका केही मानिसहरु त्यहाँ पुगेका थिए ।
आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले देशभक्त राजा वीरेन्द्रको सम्झनामा लकडाउनहुँदा औपचारिक कार्यक्रम गर्न नसकिएपनि मालयार्पण गरी श्रदाञ्जली अर्पण गरिएको बताए । यस्तै गुन्युचोलो तथा राष्ट्रिय सचेतना अभियानकी अध्यक्ष लक्ष्मी भद्राले जावलाखेल आसपासका मानिसहरुले शालिकमा पुगेर शालिकमा माल्यार्पण गरेको बताए ।
पूर्वराजा वीरेन्द्रको शालिकमा श्रदाञ्जली अर्पण गर्न आउनेहरुले अहिले राजा विरेन्द्रबाट हुँदै आएका विकास निर्माणका कार्यक्रमलाई सरकारले रिन्तरता दिन नसकेको गुनासो समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया