नेपालको संसदमा रहेकी भारतीय चेली को हुन् ? सांसदमा उठ्यो प्रश्न

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद गंगा चौधरी (सत्गौवा)ले नेपालको संसदमा भारतीय चेलीले दादागिरी गर्न थालेको आरोप लगाएकी छिन् ।

ती चेली को हुन् भन्ने उनले स्पष्ट नपारेपनि उनले भूमि मिचाहासँग छलफल गर्नु पर्यो भन्दै उनले के भन्न खोजेको भन्दै प्रश्न गरिन् ।

अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कदापिसाँट्न नसकिने उल्लेख गर्दै उनले भनिन्, ‘‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्‍यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’’

उनले सरकारले देखेका सपनालाई असफल बनाउन अनेक षड्यन्त्र भइरहेको संकेत गर्दै उनले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा, सपना योजना फ्याक्छन् अनि रअका एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि त्यो सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर फुरुक्क फुरुक्क उफ्रन थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?