अमेरिकामा यसरी भईरहेको छ विरोध प्रदर्शन, तात्यो सामाजिक सञ्जाल

काठमाडौं । अमेरिकामा एक अश्वेत नागरिक जर्ड फ्लोयडको पुलिस कस्टडीमा मृत्यु भएपछि लगातार विरोध प्रदर्शन भईरहेको छ ।

यसैबीच यसबेला यो एक तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । विरोध गरिरहेका प्रदर्शनकारीहरु र पुलिसको बीचमा एक प्रदर्शनकारी महिलाले घुँडा टेकेर पुलिसका अगाडि विरोध प्रदर्शन गरेकी छन् ।

प्रदर्शनकारी महिलाको यस साहसीक कदम तथा मन छुने विरोधको फोटोलाई लिएर सामाजिक सञ्जाल तातिएको छ ।

४६ वर्षीय अमेरिकी अश्वेत नागरिक जर्ड फ्लोयडको मृत्युको विरोधमा अमेरिकाका ४० भन्दा धेरै शहरमा विरोध भईरहेको छ भने ४० वटा शहरमा कर्फ्यू लगाईएको छ ।

फ्लोयडको घाँटीमा थिचेर पुलिस अधिकारीहरुले मारेको भन्दै प्रदर्शनकारीहरुले आन्दोलन गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?