चन्दनको महत्व के छ ? यस्ता छन् प्रयोग गरेपछिका फाइदा !

काठमाडौं । चन्दन एक विशेष प्रकारको सुगन्धित वनस्पति हो । चन्दनको रुख जति बढ्दै जान्छ त्यति नै त्यसको सुगन्ध पनि फैलिँदै जान्छ । चन्दनको प्रयोग मूर्तिकला तथा सुगन्धित पदार्थमा प्रयोग हुन्छ ।

के छ चन्दनको धार्मिक महत्व ?

हिन्दू धर्ममा चन्दनलाई पवित्र मान्ने गरिन्छ । हरेक पूजाका कार्यमा चन्दनको टुक्रा, चन्दनको टिका र चन्दनको पर्फ्यूमको प्रयोग हुन्छ ।

शिवलिङ्गको अभिषेक पनि चन्दनले गरिन्छ । भगवान श्रीविष्णु र उनको अवतारहरुमा श्वेत चन्दनको लेप लगाउनु महत्वपूर्ण मान्ने गरिएको छ ।

साथै देवीको उपासना गर्दा रक्त चन्दनको प्रयोग गरिन्छ । त्यति मत्रै होइन ज्योतिषमा ग्रहहरुको समस्या समाधानका लागि पनि चन्दनको प्रयोग गरिने बताइएको छ ।

चन्दनको आयुर्वेदिक र वैज्ञानिक प्रयोग

यो सायर्दलाई मात्र थाहा होला कि, आयुर्वेदमा विभिन्न प्रकारका औषधि चन्दनबाट बनाइने गरेको बाइएको छ ।

चन्दन र विशेष प्रकारको कुनै पदार्थमा मिसाएर आयुवृद्धिको औषधी बनाइन्छ ।हृदय रोग, छालाका रोग र मानसिक रोगको उपचारका लागि पनि चन्दनबाट बनाइएको औषधिको प्रयोग गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?