भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भनिएको फेक भिडियो भाइरल

काठमाडौं । अहिले नेपाल र भारतबीच सीमा विवादले सम्बन्धमा समस्या परेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद उल्लेख गर्दै हालैमात्र भारतको मोदी सरकार छिमेकका लागि खतरा भएको आरोप लगाएका थिए ।

उनले ट्वीटबाट भारतमाथि गम्भीर आरोप लगाइरहँदा पाकिस्तानबाट सामाजिक सञ्जालमा नेपाल भारतबीचको पछिल्लो अवस्थाबारे नियोजित तरिकाले प्रोपोगान्डा मच्चाउन थालिएको छ । पाकिस्तान जिन्दावाद नामको ट्वीटर पेजबाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भनेर भिडियो पोष्ट गरिएको छ ।

भिडियोमा भारतीय सुरक्षा फौज र नेपाली अधिकारी देखिन्छन् ।

भिडियो पोष्ट गरी उर्दुमा लेखिएको छ, ‘यो भिडियोमा १३ भारतीय सैनिक नेपाली सेनाद्वारा नियन्त्रणमा लिइएको बताइएको छ ।

https://twitter.com/i/status/1265472103085600769

भिडियोमा नेपाली सेनाका वरिष्ठ अधिकारी र भारतीय सैनिकहरु देखिन्छन् ।’

भिडियो सन् २०१५ को नोभेम्बरको हो । त्यतिबेला भारतीय सुरक्षाकर्मी आपराधिक समुहको पिछा गर्दै नेपालको सिमाभित्र पसेपछि नियन्त्रणमा लिइएका थिए ।

पछि दुबै देशको सुरक्षाकर्मी र प्रशासन बसेर सीमा पारी फर्काइएका थिए । भिडियोमा यो विषय समेत उल्लेख छ । तर, नेपाल र भारतबीच सीमा विवाद भइरहँदा हालैमात्र भएको जसरी पुरानो भिडियो राखेर दुई देशबीच सैन्य टकराव नै भएको जसरी अफवाह फैलाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?