अमेरिकामा घट्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला सारा विश्व नै ग्रस्त बनेको छ ।

अहिलेसम्म विश्वमा ३ लाख ७३ हजार ८७२ जनाको मृत्यु भएको छ भने ६२ लाख ६३ हजार ७५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २८ लाख ४६ हजार ७१३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार १९५ पुगेको छ भने १८ लाख ३७ हजार १७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५ लाख ९९ हजार ८६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म २९ हजार ९१८ जनाको मृत्यु भएको छ भने ३ लाख ७९ हजार ९०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूजर्सीमा ११ हजार ७११ जनाको मृत्यु भएको छ भने १ लाख ६१ हजार ७६४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा आईतवार मात्र २० हजार ३५० जना संक्रमित थपिएका छन् भने ६३८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?