लकडाउनमै त्रिवि पदाधिकारी नियुक्तिका लागि चलखेल

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अदालतको आदेशविपरीत त्रिवि वनविज्ञान अध्ययन संस्थान, पोखरा क्यामपसको क्याम्पस प्रमुख नियुक्ति गरेका छन् । पाटन अदालतले ०७६ फागुन २७ गते नै विश्वविद्यालयले त्रिवि पदाधिकारीले नियमविपरित क्यम्पास प्रमुखमा सहप्रध्यापक रामप्रसाद शर्मालाई नियुक्ति गरेको भन्दै परेको रिटमा पाटन अदालतले नियुक्ति प्रक्रिया र नियमविपरीत भएको भन्दै काम नर्गन गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०को नियम १८५(२) मा अध्ययान संस्थानअन्तर्गत क्याम्पस प्रमुख नियुक्तिख गर्दा डीनको सिफारिस कार्यकारी परिषदले क्याम्पस प्रमुख नियुक्ति गर्ने उल्लेख छ । तर यस नियमलाई उपकुलपति धर्मकान्त बाँस्कोटाले मिचेर शर्मालाई नियुक्ति गरेको संस्थानका डिन कृष्णराज तिवारीले बताए । उनले सिफारिस गरेको सहप्रध्यापक ठाकुरप्रसाद सिलवाललाई फालेर उपकुलपति बास्कोटाले शर्मालाई नियुक्ति गर्नु नै गलत भएको बताए ।नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?