कोरोना भाइरसको कारण विश्वका कुन देशमा कति मानवीय क्षति ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७२ हजार ३ सय ३८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६२ लाख १८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २७ लाख ७६ हजार १ सय ९७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको असर संयुक्त राज्य अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । बितेको २४ घण्टामा थप ८ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख २५ हजार ८३ पुगेको छ । हालसम्म अमेरिकामा ५ लाख ३८ हजार ५ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ३५ जनाको ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ८ सय ७२ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५ लाख १ हजार ९ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ३८ जनाको ज्यान गएको र ३ हजार ५ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म २ लाख ५ हजार ३ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा कोरोनाको कारण हालसम्म ४ हजार ६ सय ९३ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म ४ लाख ५ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा १ लाख ७१ हजार ८ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण थप १ सय ३८ जनाले ज्यान गुमाएका छन् भने ९ हजार २ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्पेनमा हालसम्म २७ हजार १ सय २५ जनाको कोरोनाको कारण ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा २ लाख ८६ हजार ३ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म २ लाख ७४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण थप १ सय १३ जनाको कोरोनाको कारण ज्यान गएको छ । संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म बेलायतमा कोरोनाको कारण ३८ हजार ४ सय ८९ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय १५ पुगेको छ । बितेको २४ घण्टामा थप ३ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार १९ पुगेको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म स्पेनमा १ लाख ५७ हजार ५ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये ४ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९० हजार ५ सय ३६ जनामा कोरोना सक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको र ८ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ९१ हजार ६ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ स ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्ते फ्रान्समा हालसम्म कोरोनाको कारण २८ हजार ७ सय ७१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८८ हजार ६ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये १ हजार ३ सय २५ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै हालसम्म ६८ हजार २ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै हालसम्म जर्मनीमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय २ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८३ हजार ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा मात्र २ जनाको ज्यान गएको र थप १ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?