भारतमा बढेको बढ्यै कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या ५ हजार ४ नाघ्यो

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९० हजार ५ सय ३६ जनामा कोरोना सक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको र ८ हजार ७ सय ९ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ९१ हजार ६ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ स ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७२ हजार ३ सय ३८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६२ लाख १८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २७ लाख ७६ हजार १ सय ९७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?