अमेरिकामा कोरोना संक्रमितको संख्या १८ लाख २५ हजार नाघ्यो (विवरणसहित)

काठमाडौं । विश्वमा सबैभन्दा बढी कोरोनाको असर संयुक्त राज्य अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । बितेको २४ घण्टामा थप ८ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १८ लाख २५ हजार ८३ पुगेको छ ।

हालसम्म अमेरिकामा ५ लाख ३८ हजार ५ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ६३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ३५ जनाको ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७२ हजार ३ सय ३८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६२ लाख १८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २७ लाख ७६ हजार १ सय ९७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ४ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?