यस्तो छ खाडी मुलुक साउदीको पछिल्लो कोरोना अपडेट

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ५ सय ३ जना मानिसको ज्यान गइसकेको छ । भने ८५ हजार २ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ८ सय ७७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ६२ हजार ४ सय ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ३ सय ८४ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ७२ हजार १ सय ७१ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ६२ लाख ११ हजार ६ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै विश्वभर कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २७ लाख ७२ हजार ८ सय ७० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?