२ जना मात्र कोरोना संक्रमित भएको यस्तो देश

काठमाडौं । लेत्सोमा २ जना कोरोना संक्रमण देखिएको छ । लेत्सोमा कुल २ जनामा संक्रमण देखिएको मध्ये १ जना कोरोना संक्रमण पछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । हाल लेत्सोमा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । लेत्सोमा २ सय ८३ जनाको कोरोना परीक्षण गरिएको छ ।

विश्वभर सबैभन्दा धेरै संक्रमित भएका मुलुक अमेरिकामा १ लाख ५ हजार ७ सय जनाको ज्यान गइसकेको छ भन १८ लाख २३ हजार ६ सय बढीमा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ७२ हजार ३६ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ६२ लाख ७ हजार ७ सय २१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै विश्वभर कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २७ लाख ७९ हजार ८ सय ५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?