दैलेख र जुम्लाका थप ४३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा दैलेखका २४ र जुम्लाका १९ जना रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जना सुरक्षाकर्मी रहेको बुझिएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार संक्रमित सबै पुरुष हुन् ।

नेपालमा आज मात्र थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

आइतवार राति थपिएका ४३ जनाको भने स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?