कतारमा एकै दिन १ हजार ६ सय बढीमा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व नै त्रस्त छ । यो समाचार तयार पार्दासम्म कतारमा ३८ जनाको ज्यान गइसकेको छ भने आजै कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै कतारमा ५६ हजार ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आजै मात्र १ हजार ६ सय ४८ जनामा आजै संक्रमण देखिएको छ । कतारमा २ सय ३३ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

खाडी मुलुक कतारमा गत हिजो (शनिवार) मात्रै ५ हजार २ सय ३५ जना कोरोना जितेर घर फर्केका छन् । कतारको जनस्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा अनुसार निको हुनेमा अधिकांश नेपाली कामदार छन् । कतारमा हालसम्म ३० हजार २ सय ९० जनालाई निको भइसकेको छ ।

कोरोना निको भएकालाई १५ दिनसम्म क्याम्पमै बस्न समेत निर्देशन दिइएको छ ।

मे १९ सम्मको रिपोर्ट अनुसार ६ हजार ९ सय ११ जना नेपाली कामदारलाई कोरोना पोजिटिभ देखिएको हो । कतारमा संक्रमित हुने समुदायमा नेपाली दोस्रोमा पर्छ । सबैभन्दा बढी भारतीय समुदाय देखिएको छ । मृत्युदर भने एकदमै कम छ । हालसम्म ३६ जनाको मृत्यु भएको छ । जसमा ३ जना नेपाली कामदार रहेका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ७२ हजार ३६ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ६२ लाख ७ हजार ७ सय २१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै विश्वभर कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २७ लाख ७९ हजार ८ सय ५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?