‘सरर लिपुलेक’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सरर लिपुलेक बोलको राष्ट्रभाव बोकेको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द डम्बर हिङमाङ र पृथ्वी खनालको रहेको छ । गीत सुन्दै उत्साहित बनाउने उक्त गीतलाई हिङमाङले संगीत भरेका छन् ।

सो गीतमा स्वर पृथ्वी खनालको रहेको छ । भोइस अफ नेपालबाट नेपाली दर्शक स्रोतामाझ चिनिएका डम्बर र पृथ्वीले लगातार युगल गीतहरु संगै गरिराखेका छन् । यस गीतमा कमेडी च्याम्पियनबाट चिनिएका अर्गानिक कमेडियन खबपु चन्चलको मुख्य अभिनय रहेको छ । उक्त गीतमा संगीत संयोजन देबेश राईको रहेको छ ।

https://youtu.be/3QAFxRpmbRc

सरर लिपुलेक गीतको भिडियो निर्देशन गायक तथा सन्चारकर्मी हरि पुन मगरले गरेका छन् । छायांकन र सम्पादन पिटर गुरुङको रहेको छ भने कन्सेप्ट डम्बर हिङमाङको रहेको छ । बालकलाकारसहित थुप्रै कलाकारहरुको अभिनय रहेको यश गित पृथ्वी खनालको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?