नेपालमा संक्रमित बढेको बढ्यै : आईसोलेसनमा १३ सय ४९ जना, क्वारेन्टाईनमा एक लाख नाघे

काठमाडौं – देशभरका आईसोलेसनमा १३ सय ४९ जना रहेका छन् ।

जसमध्ये प्रदेश नम्बर १ मा १ सय ३५ जना, प्रदेश २ मा ५१९ जना, वाग्मती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा २० जना, प्रदेश ५ मा ५०९ जना, कर्णाली प्रदेशमा १२२ जना, सुदूरपश्चिम प्रदेशमा २० जना गरी कुल १ हजार ३ सय ४९ जना उपचाररत रहेका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २ सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ कुल संक्रमितको संख्या ६ सय २४ पुगेको छ । त्यहाँ आईसोलेसनमा मात्रै ५ सय १९ जना उपचाररत छन् । नेपालमा कुल १३४९ जना आईसोलेसनमा रहेकोमा तिमध्ये काठमाडौंमा १४ जना र बाहिरी जिल्लामा १३२५ रहेका छन् ।

U.S. states, insurers rush to ease restrictions on access to ...

नेपालमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्लो तीन सातादेखि नेपालमा लगातार दैनिक डेढ सय बढी संक्रमित थपिईरहेका छन् भने छोटो अवधिमा नै मृतक संख्या बढेको छ ।हालसम्मको तथ्यांकअनुसार नेपालमा कुल संक्रमितको संख्या १५ सय ६७ ९सरसठ्ठी० पुगेको छ । मृतकको संख्या ८ पुगेको छ । संक्रमितमध्ये १४ सय ५० जना पुरुष छन् भने ११७ जना महिला रहेका छन् । नेपालमा २ महिने शिशुदेखी ८४ वर्षीयासम्म संक्रमित भएका छन् । तुलनात्मक रुपमा संक्रमित र मृतकको संख्या महिला भन्दा पुरुषको बढी छ । ५६ जिल्लामा संक्रमण फैलिएको छ । हालसम्म जम्मा २२० संक्रमणपश्चात् अस्पतालमा उपचार गरेर निको भएर घर फर्केका छन् ।

स्वमूल्याकंन गर्नेको संख्या ५१ हजार ८ सय ५८ रहेको छ भने ४७० जना ‘रेड जोनमा’ परेका छन् ।

नेपालमा आज थप ३ वटा जिल्लामा संक्रमण देखिएको छ । तनहुँमा १ जना , बाजुरामा ३ जना र सल्लयानमा २५ जनामा संक्रमण देखिएसँगै नेपालमा ५६ वटा जिल्ला र सातै प्रदेशमा संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाईनमा १ लाख १९ हजार १ सय ९२ जना

हालसम्म नेपालका विभिन्न स्थानमा भएका क्वारेन्टाईनमा १ लाख १९ हजार १ सय ९२ जना बसेका छन् ।
प्रदेश १ मा ३ हजार ५ सय ३६ जना, प्रदेश२ मा १९ हजार ९ सय ८३ जना, वाग्मती प्रदेशमा २ हजार ४ सय २३ जना, गण्डकी प्रदेशमा ३ हजार ५ सय १४ जना, प्रदेश ५ मा ३५ हजार जना, कर्णाली प्रदेशमा १९ हजार ५ सय ८९ जना र सुदूरपश्चिम प्रदेशमा ३५ हजार १ सय ४७ जना क्वारेन्टाईनमा रहेका छन् । यसरी क्वारेन्टाईनमा बस्नेको संख्या १ लाख १९ हजार १ सय ९२ पुगेको छ ।

कोरोनाबाट नेपालमा थप २ को मृत्यु, मृतक संख्या ८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ३५ वर्षीय युवक र बाजुराकी २ वर्षीय बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको हिजो (शनिवार) मृत्यु भएको थियो । उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए ।

क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाजुराकी २ वर्षीया बालिकाको शनिवार राति २स्३० बजे मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन् । उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् ।

मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन् । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षका युवक, गुल्मीका ४१ वर्षीय पुरुष, अर्घाखाँचीका ३० वर्षीय पुरुष, ललितपुरका ५७ वर्षीय पुरुष र बाराका ७० वर्षीय वृद्ध गरी ६ जनाको मृत्यु भइसकेको छ ।

एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १,५६७ पुग्यो
नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तो छ आज थपिएकाहरुको विवरण

नेपालमा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये १ जना तनहुँ रिसिङका २८ वर्षीय पुरुष र स्याङजा गल्याङका २७ र ४० वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणको क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा पर्सा पटेरुवा सुगौलीका २२ देखी ३६ वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ । उनीहरु त्यँहीको स्थानीय क्वारेन्टाइनमा रहेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये १३ जना कालिकोट शुभकालिकाका १९ देखि ५२ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै कालिकोटकै मबइ गाउँपालिकाका ५ जना २० देखि ४२ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै दैलेख दुल्लुका १ जना ३५ वर्षीय पुरुष रहेका छन्, दैलेखकै नारायण नगरपालिकाका ९ जना १६ देखि ४८ वर्षका पुरुषहरु, दैलेख सिम्दाका १ जना २६ वर्षीय पुरुष, दैलेखको देवलका ५ जना १८ देखि २२ वर्षीय पुरुषहरु, दैलेख रातापानीका ३८ वर्षीय पुरुष, दैलेख साधुका २२ वर्षीय पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बाजुरा जुजुनाथका ४० वर्षीय १ जना पुरुषमा संक्रमण रहेका छन् ।

बुटवलको प्रादेशीक र पशुपंक्षी अवेषणको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये सल्लान कुपिन्डेका २५ जना ११ देखि ६० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै सुर्खेत बराहतालकी ४ महिने बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणको क्रममा कपिलवस्तु शिवराजका ३२ वर्षीय १ जना पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा ८ जनाको कोरोना पोजेटिभ आएको छ । जसमध्ये बाँके नरैनापुरका २ जना २१ र २५ वर्षीय पुरुष, बाँके खजुराका ३० वर्षीय पुरुष, नेपालगञ्जका १६ देखि ४२ वर्ष उमेर समुहका ४ जना पुरुष र बाँके बैजनाथका १ जना ३५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै सप्तरी राजगढका १७ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ आएको छ । कैलाली भजनीका १ जना २३ वर्षीय पुरुष, कैलाली जानकी गाउँपालिकाका १ जना ३४ वर्षीय पुरुष, कैलाली त्रिनगरका ४७ वर्षीय पुरुष, बाजुरा अस्पतालमा रहेका २ वर्षीया बालिका र २३ वर्षीया युवती रहेकी छन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको कोरोना पोजेटिभ आएको छ । जसमध्ये ४ जना झापाका २३ देखी ३९ वर्षका पुरुषहरु र मोरङ विराटनगरकी १ जना ४५ वर्षीया महिला रहेकी छिन् ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६४ जनाको कोरोना संक्रमण पोजेटिभ आएको छ । उनीहरु मध्ये धनुषाका २१ जना १९ देखि ४६ वर्ष उमेर समुहका पुरुषहरु, कपिलवस्तु महाराजगञ्जका ४ जना २५ देखी ४१ वर्षीय पुरुषहरु, रौतहट क्वारेन्टाइनमा रहेका २९ जना जसमा ४,९ र १२ वर्षका बालकहरुदेखी ५२ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै सर्लाहीका १० जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये एकजना १ वर्षीय बालक रहेका छन् भने अन्य १५ देखी ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

के परीक्षण पर्याप्त भएको छ ?
हालसमम पिसीआर विधीबाट ६९ हजार ५ सय ८२ वटा परीक्षण भएको छ । आरडिटी विधीबाट १ लाख ११ हजार १ सय ९ वटा परीक्षण भएको छ । त्यस्तै गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट २ हजार ८ सय ५३ जनाको जाँच गरीएको छ । त्यस्तै आरडीटि विधीबाट ४ हजार ५४ जनाको परीक्षण भएको छ ।

यस्तै आरडीटि विधीबाट पप्रेश १ मा ११ हजार ९ सय ३३ वटा परीक्षण गरिएको छ भने प्रदेश २ मा ६ हजार ९ सय ३३ जनाको परीक्षण गरिएको छ । वाग्मती प्रदेशमा २५ हजार ८ सय ८२ वटा परीक्षण गरिएको छ भने गण्डकी प्रदेशमा ८ हजार ७ सय ३५ वटा परीक्षण गरिएको छ । प्रदेश ५ मा २३ हजार ३ वटा परीक्षण गरिएको छ ।

कर्णाली प्रदेशमा १३ हजार २ सय ३ जनाको परीक्षण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा २१ हजार ८ सय २० जनाको परीक्षण गरिएको छ ।

कति भए निको ?

हालसम्म २ सय २० जनाले कोरोना जितेका छन् । नेपालमा कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या २ सय २० पुगेको छ । आज मात्र थप १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । मकवानपुर हेटौंडाकी २५ वर्षिया महिला भरतपुर अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएकी हुन् । हिजोमात्र थप १३ जना कोरोना उपचारपछि घर फर्किएका थिए ।

यस्तो छ  प्रादेशीक विवरण :  

प्रदेश १ मा : ३० जना
प्रदेश २ मा : १०४ जना
बाग्मती प्रदेशमा : २९ जना
गण्डकी प्रदेशमा : ३ जना
प्रदेश ५ मा : ४८ जना
सुदूरपश्चिम प्रदेशमा : ६ जना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?