प्रदर्शनकारी माथि ट्रम्पको आक्रोश : ‘घातक हतियारले हुन्छ स्वागत’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार अश्वेत जर्ज फ्लोयडको मृत्युको विरोध गर्ने प्रदर्शनकारी माथि कडा आक्रोश पोखेका छन् ।

उनले आन्दोलन घड्काउने काम गरेको भन्दै प्रदर्शनकारीमाथि चर्को आलोचना गरेका हुन् ।

प्रदर्शनकारीको चर्को आलोचना गर्दै उनले भने, ‘यदि ह्वाईट हाउसमा कुनै सुरक्षा भंग भयो भने पनि आन्दोलनकारीलाई अमेरिकी एजेन्टले ठूलो कारवाही गर्न सक्नेछ ।’

अमेरिकामा गत सोमवार यता लगातार प्रदर्शन जारी छ । एक अश्वेतलाई पुलिस जवानले घुँडाले थिचेर मारेपछि अहिले अमेरिकामा विरोध प्रदर्शन भईरहेको छ ।

जस कारण अहिले ह्वाईट हाउस अस्थायी रुपमा बन्द गरिएको छ । प्रदर्शनकारीलाई वारम्बार हटाउँदा पनि एकत्रित भएर विरोध भएपछि स्थिति झनै अस्तव्यस्त बन्दै गईरहेको छ ।

अहिले राष्ट्रपति ट्रम्पले लगातार एकपछि अर्को ट्वीट गर्दै ह्वाइट हाउसमा कुनै आँच आएमात्र पनि सह्य नहुने र हतियारबाट प्रदर्शनकारीको स्वागत गरिने धम्की दिएका छन् ।

ट्रम्पले प्रदर्शनकारीलाई लुटेरा र अराजकतावादी भन्दै सम्बोधन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनले भने, ‘ह्वाईट हाउसमा प्रदर्शनकारीले आक्रमण गर्न खोजेको पाइएको छ, यदि आक्रमण गरेका थिए भने हतियारले उनीहरुको स्वागत हुन्थ्यो ।’

फ्लोयडको मृत्युलाई लिएर यस हप्तामा अमेरिकाका ३० भन्दा धेरै शहरमा प्रदर्शन भईरहेको छ ।

अमेरिकाको मिनेसोटा राज्यको मिनीपोलिस शहरमा एक अश्वेतलाई पुलिस अधिकारीहरुले घुँडाले थिचेर हत्या गरेका थिए ।

भाइरल भिडियोमा एक अश्वेत व्यक्तिलाई पुलिस अधिकारीहरुले घुँडाले घाँटीमा थिचेर उनको हत्या गरेपछि यो प्रदर्शन चारैतिर शुरु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?