अनुगमन टोलीद्वारा ६० हजार जरिवाना

नेपालगञ्ज । कारकादोस्थित न्यु गौरीशंकर ट्रेडर्सलाई मूल्य नराखी सामान बेचेको पाइएपछि ६० हजार जरिवाना गरिएको छ ।

वाणिज्य कार्यालयको अगुवाइमा आज गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए ।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लकडाउनको पालना भएनभएको स्थलगत अनुगमन गरेका छन् । प्रजिअको टोलीले आज नेपालगञ्ज र खजुरामा लकडाउन पालनाको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रजिअ कुरुवाङ्गले चोकचोकमा खटिएका सुरक्षाकर्मीलाई सवारी जाँचमा कडाइ गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?