हेर्नुहोस् २०७७ साल जेठ १९ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १९ गते । सोमवार । इ.स.२०२० जुन ०१ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण। ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा ।

जेष्ठ शुक्लपक्ष । तिथी– दशमी,१२ बजेर २४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– हस्त,२३ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग सिद्धि,११ बजेर ४४ मिनेट उप्रान्त व्यातिपात । करण– गर,१२ बजेर २४ मिनेट उप्रान्त वणिज,

२३ बजेर १० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–वज्र योग । चन्द्रराशि– कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १८ बजेर ५३ मिनेटमा ।

दिनमान ३४ घडी १८ पला । गंगा दशहरा। रामेश्वर गंगापूजा । वज्रगुरु पद्मसम्भव जयन्ती। गोसाइँकुण्ड स्नान समाप्ति ।

हत्यामोचन तीर्थस्नान । रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। बाजुरास्थित बेहडाबाबामा जलार्पण।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

शत्रुघरमा गोचर गर्ने चन्द्रमाले ऋण,रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडि बढन् सकिनेछ । साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैँतिर पार्न सकिनेछ ।

नयाँ प्रविधीको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

घरजग्गा तथा सवारी साधन सम्बन्धी विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजादा अरु नै हाबी हुनेछन् ।

स्वास्थ्यमा समस्या आउनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई तथा आफन्तसँग मिलेर गरीने काम फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् ।

प्रेममा सामिप्यता बढेर जानेछ । पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ ।

आफन्त तथा कुटुम्बका साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् । सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् ।

समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा मन्दी आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ ।

प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ ।

पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफूलाई मन पर्ने वा रुचीको विषय अध्ययन गरी वौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ ।

राजनीतिज्ञ तथा बिशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।

माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ ।

अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ । अतिथिको रुपमा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?