कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ७१ हजार ४८० जनाको मृत्यु भईसकेको छ भने ६१ लाख ९२ हजार ७०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २७ लाख ५९ हजार २५३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ४९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ५ हजार ५८० जनाको मृत्यु भईसकेको छ भने १८ लाख १८ हजार ४०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५ लाख ३५ हजार ३६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा महामारीका कारण १ हजार ५८५ जना नयाँ संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ लाख १ हजार ९८५ जनालाई संक्रमण भएको छ भने २८ हजार ८७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्ले २४ घण्टामा मात्रै त्यहाँ ३८ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ५४५ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा २ लाख ५ हजार ३७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६९३ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ५ हजार ८४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७१ हजार ८८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ वर्ल्डोमिटरले जनाए अनुसार १३८ जनाको मृत्यु भएको छ भने ९ हजार २६८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ३०८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३८ हजार ३७६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ८२६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ३४० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ६६४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५५ हजार ६३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ७७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८८ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार २६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६०० जनाको मृत्यु भएको छ भने १ लाख ८३ हजार २९४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६४ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार १८८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८३ हजार ८ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप १ हजार १८१ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ८७ हजार १७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ५१५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार १०३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख २६ हजार ९८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ६७१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६६ हजार ४४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५१ हजार ४६६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १८ हजार ८४८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ५१६ जना नयाँ संक्रमित थपिएका छन् भने ६३ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा ७ हजार ७३ जनाको मृत्यु भईसकेको छ भने ९० हजार १९० जनालाई संक्रमण भएको छ । त्यहाँ ४८ हजार १०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ९ हजार ७७९ जनाको मृत्यु भईसकेको छ भने ८७ हजार ५१२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ३६४ जनाको मृत्यु भईसकेको छ भने आजै २ हजार ८८५ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा ६१ हजार ८७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ४८३ जनाको मृत्यु भईसकेको छ भने ६९ हजार ४९६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ८८ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २५ हजार २७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ४६७ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ३८१ जनालाई संक्रमण भएको छ । त्यहाँ १५ हजार ८८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४ जनाको मृत्यु भएको छ भने १९५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९५६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४४२ जनालाई संक्रमण भएको छ । त्यहाँ १७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा नेदरल्याण्ड्समा १८५ जना नयाँ संक्रमित थपिएका छन् भने भने थप ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ९७४ जनाको मृत्यु भएको छ भने ४२ हजार २२१जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?