नयाँ निर्देशिकासहित असार १ गतेबाट पठनपाठन गर्न मन्त्रालयको आग्रह

काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण शिक्षामा परेको असर न्यूनिकरणको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रयास थालेको छ ।

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यस अवस्थामा पठन पाठन सहज बनाउनको लागि मन्त्रालयले “वैकल्पिक प्रणालीबाट बिध्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७” जारी गरी बैकल्पिक माध्यमबाट पठन पाठन सहज बनाउन लागेको छ । आगामी असार १ गतेबाट उक्त निर्देशिका कार्यान्वयन गर्नका लागि संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएपनि कोरोनाको कारण पढाई सञ्चालन हुन सकेको छैन् । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले आइतवार एक विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट नियमित पठन पाठनमा सहजता प्रदान गर्नका निर्देशिका मार्फत पठनपाठन सहज बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?