कर निर्धारण नगर्न अन्तरिम आदेश

काठमाडौँ, ४ फागुन- सर्वोच्च अदालतले फागुन १५ सम्म गोर्खा ब्रुअरीको कर निर्धारण नगर्न बिहीबार अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उत्पादनमा भएको नोक्सानीका कारण कर मिनाहाका लागि ब्रुअरीले निवेदन दिएको तथा कर कार्यालयले समयमै गर्नुपर्ने कर निर्धारण नगरेको भन्दै यस्तो आदेश जारी गरेको हो साथै सर्वोच्चले दुवै पक्षलाई आगामी १५ गतेका लागि छलफलमा बोलाएको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?