जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । उदयपुरमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेपछि प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?