दोषीलाई कानुनी कठघरामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्री प्रतिवद्ध

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आज गृहमन्त्रालयमा रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाहि गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे ।

उनले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमापुगि छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे । उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरि काम गर्न सचेत गराईएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजिकार्य जारी रहेको बताए ।

सो घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे छलफल भईरहेको प्रतिनिधि मण्डललाई जानकारी गराए ।

घटनाका सम्बन्धमा हिँजो बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पस्ट पारे । उनले जातिय उत्पिडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?