आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताए । उनले भने ‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनु पर्ने हो, एउटा आर्थिक पुनरउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौति छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जिडिपिको ग्रोथ रेट २०७७/०७८ मा भायो भने म राजनीति छोडिदिन्छु ।’

बैठकमा सांसद देवले बजेटको कुन वर्षका लागि आएको हो भन्दै प्रश्न गरे । ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो की, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएको हरुको मात्रै बजेट हो की ?,’ उनले भने ।

बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उनले बताए । धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले भने, ‘‘लकडाउनका कारण आज सप्तरी जिल्लामा मलरसदाले खान नपाएर भोकभोकै प्राण त्याग गर्‍यो । खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सुर्यवहादुर तामाङ दाम्लो र डोको छातिमा राखेर प्राण त्याग गर्‍योे । आज हजारौं लाखौं मलरसदा र सुर्यवहादुर तामाङ यो मुलुकमा छन् । त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई ? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि । के त्यसको लागि बजेट विनियोजन हुनुहुँदैन थियो ?’

उनले सरकारलाई गरिबमारा बजेट ल्याएको आरोप लगाए । लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलियाको संख्या बढेको र कृतिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको बताए । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाउनुभयो । पीसीआर परीक्षण गर्न समेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उनले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताए ।

कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र विउविजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?