सल्यानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सल्यानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार सल्यानमा आज भेटिएका संक्रमितहरु १ वर्षदेखि ६० वर्षसम्मका पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएपश्चाद् स्वास्थ्योपचार पछि २२० जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

आज थप १ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षणको दायरा बढेसँगै नेपालमा संक्रमितहरुको संख्या पनि तीव्र गतिले बढी रहेको छ ।
शनिवार मात्रै पनि नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका थिए भने १९ जना निको भएर घर फर्किएका थिए ।

अहिलेसम्म नेपालको क्वारेन्टाइनमा रहेकाहरुको जम्मा संख्या १ लाख १९ हजार १९२ रहेको छ भने देशभरको आइसोलेसनमा रहनेको संख्या १ हजार ३४९ रहेको छ । नेवालको रेड जोनमा अहिलेसम्म ४७० जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?