२२ मङ्सिर २०७८, बुधबार

एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १,५६७ पुग्यो

२०७७,जेष्ठ,१८,आईतवार १६:२७

0
Shares

काठमाडौं । नेपालमा आज (आईतवार) एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएपश्चाद् स्वास्थ्योपचार पछि २२० जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

आज थप १ जना स्वास्थ्योपचार पतिछ निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षणको दायरा बढेसँगै नेपालमा संक्रमितहरुको संख्या पनि तीव्र गतिले बढी रहेको छ ।
शनिवार मात्रै पनि नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका थिए भने १९ जना निको भएर घर फर्किएका थिए ।

अहिलेसम्म नेपालको क्वारेन्टाइनमा रहेकाहरुको जम्मा संख्या १ लाख १९ हजार १९२ रहेको छ भने देशभरको आइसोेलेसनमा रहनेको संख्या १ हजार ३४९ रहेको छ । नेवालको रेड जोनमा अहिलेसम्म ४७० जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति: २०७७,जेष्ठ,१८,आईतवार १६:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

न्युयोर्क । अहिले प्रयोगमा आइरहेको खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअ‍ो) ले जनाएको छ

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको

लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ । यहाँ एकै दिन ओमिक्रोनका सयौँ बिरामी भेटिन थालेका छन्

केप टाउन । कोभिडको नयाँ भेरियन्ट ओेमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका

ताजा समाचार

युरोपेली शहरमा सिधा हवाई उडानबारे छलफल
 २०७८,मङ्सिर,२२,बुधबार २१:३८
लागु औषधसहित तीन पक्राउ
 २०७८,मङ्सिर,२२,बुधबार २१:३३
प्रकाशमानको आँगनमा रामचन्द्रको निराशा !
 २०७८,मङ्सिर,२२,बुधबार २१:२८